साहित्य संगममा ‘प्रेरणा’का कविता

लोकखबर
२०८० कार्तिक ३०, बिहीबार १८:३९

मकवानपुर । मकवानपुर थात थलो भई हाल अमेरिकामा बसोबास गर्दै आएका साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’ को एकल कविता सुनिएको छ ।

साहित्य संगम मकवानपुरले विहीबार हेटौंडामा साहित्यकार प्रेरणाका एकल कविता वाचन आयोजना गरेको हो ।
साहित्य संगम मकवानपुर अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा कवि प्रेरणाले आमा, छुटेको रेल लगायतका १० वटा कविता वाचन गरे ।

साहित्य संगम मकवानपुरका उपाध्यक्ष सानु खनालले साहित्यकार प्रेरणाको व्यक्तित्वको चर्चा गरे ।
कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यता थियो ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको