हेटौंडामा सालनालसहितको शिशु फेला
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा सालनाल सहितको शिशु फेला परेको छ । बिहीबार साँझ हेटौँडा ४ हुप्रचौर स्थित प्रदेश लोकसेवा आयोग नजिक बाटो छेउको झाडीमा सालनाल सहितको बालिका शिशु फेला परेको हो ।
स्थानीयले बच्चा रोयको आवाज सुनेर हेर्दा भर्खरै जन्मेको साल नालसहितको शिशु फेलापरेपछि प्रहरीलाई खबर गरेको थिए । शिशुलाई हेटौँडा अस्पतालको जिम्मा लगाइएको मकवानपुर प्रहरीले जनाएको छ ।
शिशुको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । शिशु जन्माएर झाडीमा छोड्ने आमाको खोजी भइरहेको उनले बताए ।











































