अनुगमनका लागि मन्त्री चित्रकार पुगे हेटौंडा सिमेन्ट उद्योग
मकवानपुर । बागमती प्रदेश सरकारका उद्योग,वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले बुधबार हेटौंडा सिमेन्ट उद्योगको अनुगमन गरेका छन् ।
मन्त्री चित्रकारले उद्योगको क्रसिङ, क्लिङ्कर, इन्जिनियरिङ र ल्याबको स्थलगत अनुगमन गरेको जनाइएको छ ।
अनुगमनका क्रममा मन्त्री चित्रकारले उद्योगका महाप्रबन्धक वसन्त पाण्डेसँग उद्योगको अवस्थाबारे जानकारी लिए ।











































