जंगली माहुरीको टोकाईबाट घाइते सरुलाई भरतपुर पठाइयो, मन्दिराको हेटौंडामा उपचार हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा जंगली माहुरी (खाग) को टोकाईबाट दुई जना महिला घाइते भएका छन् ।
खागको टोकाईबाट चिसापानीका ३२ वर्षीया सरु दंगाल र ४५ वर्षीया मन्दिरा घिमिरे घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार घाइतेमध्ये सरुको हेटौंडामा अस्पतालमा उपचार सम्भव नभएपछि भरतपुर अस्पतालमा पठाइएको । अर्की घाइते मन्दिराको भने हेटौंडा अस्पतालमै उपचार भइरहेको छ ।
खागको टोकाईबाट दुवैको अनुहार र टाउकोमा चोट पुगेको जनाइएको छ ।











































