नगरस्तरिय शैक्षिक समन्वय समितिको नेतृत्वमा लुइटेल
मकवानपुर । आगामी दुई वर्षे कार्यकालका लागि हेटौंडा उपमहानगरपालिकाको नगरस्तरीय शैक्षिक समन्वय समितिको अध्यक्षमा भोगेन्द्र लुइटेल निर्वाचित भएका छन् ।
समितिको उपाध्यक्षमा प्रतिमा गौतम, सचिवमा जनक धिताल, सहसचिवमा पूणर्चन्द्र काफ्ले र कोषाध्यक्षमा दिनेश उप्रेती रहेका छन् ।
समिति सदस्यहरुमा प्रेमप्रसाद पौडेल, सम्झना अधिकारी, आइतसिं ब्लोन, कृष्णप्रसाद पोखरेल, बालकुमार श्रेष्ठ, लक्ष्मी खनाल, श्यामसुन्दर शर्मा, विष्णुहरि गौतम, मुकेश कुमार मिश्र र सरस्वती चयन भएका छन् ।
समितिका सदस्य कृष्णप्रसाद पोखरेललाई परीक्षा उपसमितिको संयोजक तोकिएको छ ।











































