निमावि तह लाइसेन्स परीक्षामा बागमतीबाट २ हजार २ जना पास
मकवानपुर । शिक्षक सेवा आयोगले गत १८ कात्तिकमा लिएको निमावि तह लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ । परीक्षामा बागमती प्रदेशबाट २ हजार २ जना पास भएका छन् । बागमतीबाट १७ हजार ६५१ जनाले परीक्षा दिएका थिए ।
यो परिक्षामा देशभरबाट १ लाख ५१ हजार १२ परीक्षार्थी सहभागी भएका थिए । यी मध्ये १३ हजार ७ जनाले परीक्षामा पास भएका छन् । कोशी प्रदेशबाट २४ हजार ३९ परीक्षा सहभागी भएकोमा २ हजार १३० जना उत्तीणर् भएका छन् । मधेस प्रदेशबाट २२ हजार ८५५ परीक्षार्थीले परीक्षा दिएकोमा १ हजार ६१४ जना उत्तीणर् भएका छन् । गण्डकी प्रदेशमा ११ हजार ८९७ जनाले परीक्षा दिएकोमा १ हजार १५२ जना उत्तीणर् भएका छन् । लुम्बिनी प्रदेशमा २९ हजार २३० जनाले परीक्षा दिएका थिए । जसमा २ हजार ८६३ जना उत्तीणर् भएका छन् । कणर्ाली प्रदेशबाट २४ हजार १५४ जनाले परीक्षा दिएका थिए । जसमा १ हजार ५७४ जना उत्तीणर् भएका छन् । सुदूरपश्चिम प्रदेशमा २१ हजार १८६ जनाले परीक्षा दिएका थिए । जसमा १ हजार ६७२ जना उत्तीणर् भएका थिए ।
आयोगले तोकेको परीक्षा केन्द्र बाहेक अन्य परीक्षा केन्द्रबाट परीक्षा दिएका, परीक्षा केन्द्रबाट कैफियत जनाई रद्द गर्ने भनी उल्लेख गरी आएका र परीक्षाको मर्यादा विपरीत कार्य गर्ने उम्मेदवारहरूको परीक्षा रद्द गरेको थियो । सार्वजनिक गरिएको नतिजा आयोगको वेबसाइटसँगै एसएमएसबाट समेत हेर्न सकिने आयोगले जनाएको छ ।
परीक्षामा उत्तीणर् हुने उम्मेदवारहरुको अनलाइन फाराम भर्दा आफ्नो नाम थर, बाबुको नाम, नागरिकता नम्बर र स्थायी ठेगाना फरक परेको भएमा मंसिर २७ गतेभित्र सच्याउन सकिने जनाइएको छ । अध्यापन अनुमतिपत्रमा आफ्नो विवरण फरक परेमा नतिजा प्रकाशन भएको एक वर्षभित्र सच्याई सक्नुपर्ने आयोगले जनाएको छ । त्यसपछि भने विवरण सच्याउन नपाइने आयोगको भनाई छ ।
परीक्षामा उत्तीणर् उम्मेदवारहरुको अध्यापन अनुमतिपत्र वितरण कार्य परीक्षामा सहभागी भएकै जिल्लाको शिक्षा विकास समन्वय इकाइबाट हुने जनाइएको छ । सार्वजनिक गरिएको नतिजा आयोगको वेबसाइटसँगै एसएमएसबाट समेत हेर्न सकिने बताइएको छ ।











































