कृषिका कार्यक्रम लाखौं किसानमाझ पुर्‍याउँछौं : मुख्यमन्त्री जम्कट्टेल

लोकखबर
२०८० मंसिर १३, बुधबार २०:००

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफूहरु कृषि क्षेत्रमा देखिने गरी काम गर्न लागिपर्ने बताएका छन् ।

भाडाको घरमा रहेको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले बुधबारबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा रहेको तत्कालीन जिल्ला विकास समितिको भवनबाट सेवा सुरु गरिएको सन्दर्भमा आयोजित कार्यक्रम मुख्यमन्त्री जम्कट्टेलले स्थानीय निकाय, नीजि क्षेत्र, सहकारी र किसानको सहभागितामा समुदायमा आधारित कृषि उत्पादनमा प्रदेश सरकारले जोड दिने बताए ।

उनले लगानीको मोडेल र उत्पादन भएको बस्तुको बजारिकरणको जिम्मा समेत प्रदेश सरकारले लिनेगरी काम अगाडि बढाइएको आफूहरुसंग योजना रहेको सुनाए । यसका लागि एक-दुई सयमा नभई लाखौं किसानमाझ प्रदेश सरकारको कृषिका कार्यक्रम पुर्‍याइने मुख्यमन्त्री जम्कट्टेलको भनाई छ । उनले एक महिनाभित्र प्रदेशका ८५ पालिकालाई कृषिको पकेट क्षेत्र घोषणा गरी अघि बढ्ने बताए ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीबहादुर सिंह लामाले आफूहरु रोजगारी सिर्जनाका लागि उद्योगमा लगानी गर्नुपर्ने वातावरण बन्ने गरी काम गर्न लागिपरेको बताए । उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले जनताले देखिने गरी काम गर्न आफूहरु क्रियाशील रहने बताउँदै उद्योग र वाणीज्य क्षेत्रलाई विस्तार गरिने जानकारी दिए ।

उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका लागि हेटौँडा उपमहानगरपालिका ४, हुप्राचौरमा रहेको भाडाको घरलाई मासिक एक लाख १० हजार रुपैयाँ भाडा तिर्दै आइएकोमा अब भने सरकारी भवनमा सारिएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको