उचित मूल्यमा ‘भन्टा’ नबिकेपछि गाई-भैंसीलाई आहारा
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाको रमौली प्रतापपुरका किसानले उत्पादन गरेको भन्टाले उचित बजार नपाएपछि गाई-भैंसीलाई खुवाउन थालिएको छ ।
मनहरी गाउँपालिकाको वडा नम्बर ६ र ७ मा करिब ५० बिगाहा जमिनमा लगाइएको भन्टा, सिमि लगायतको तरकारीले उचित बजार नपाएपछि किसानहरु यतिबेला चिन्ति बनेका छन् ।
आफूले खर्च गरी महिनौ लगायर उत्पादन गरेको भन्टा बजारमा अत्यन्त न्यून मूल्यमा बेच्चुभन्दा गाई भैसीलाई खुवाउनु ठीक हुने भन्दै किसानहरुले पशुहरुलाई आहाराका रुपमा प्रयोग गर्न थालेका हुन् ।
यहाँका स्थानीयले उत्पादन गरेको तकारी हेटौंडा, चितवन, काठमाडौं लगायतका बजारमा बिक्री वितरणका लागि पठाइने गरिएको थियो । आफुहरुको लागत भन्दा पनि न्यून सस्तो मूल्यमा तरकारी बेच्न मन नमान्ने भन्दै पशुलाई खुवाउन बाध्य भएको उनीहरुको दुःखेसो छ ।











































