हेटौंडामा आजदेखि उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता
मकवानपुर । मकवानपुरको हेटौडामा विहीबारबाट छैठौं संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु हुदैछ ।
प्रतियोगिता केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको आयोजना,मकवानपुर जिल्ला खेलकुद विकास समितिको सहकार्य तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हुन लागेको हो ।
जिल्ला भलिबल संघ अध्यक्ष बसन्तकुमार सिटौलाका अनुसार विहीबार १४ मंसिरबाट सुरु प्रतियोगिता १७ मंसिरसम्म हुनेछ । उपमेयर कप नगरस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार रुपैयाँ, द्वितीय हुनेले ३० हजार रुपैयाँ र सान्त्वनाले १० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ । प्रतियोगिता हेटौंडा-१९ नेवारपानीमा सञ्चालने हुनेछ ।
प्रतियोगिता अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेल वडा नम्वर १७ विरुद्ध वडा नम्वर १९ बीच हुनेछ भने महिला भलिबल प्रतियोगिता वडा नम्वर १४ विरुद्ध वडा नम्वर १२ बीच हुनेछ ।
पुरुष भलिवलतर्फ १२ वटा वडाले सहभागिता जनाएका छन् भने महिला भलिवल तर्फ ६ वटा वडाले सहभागिता जनाएका छन् । पुरुष भलिबल तर्फ वडा नम्बर ३, ४, ५, ६, ९, १०, ११, १२, १३, १६, १७ र १९ ले सहभागिता जनाएका छन् भने महिला भलिबलतर्फ ६, ९, १०, १२, १४, १७ र १९ वडाले मात्र सहभागिता जनाएका छन् ।
गत वर्ष भएको उपमेयरकपको पाँचौ सस्करणको उपाधि महिलातर्फ १९ नम्बर वडा र पुरुषतर्फ ११ नम्बर वडाले जितेको थियो ।











































