अपाङ्गता भएका व्यक्तिहरुको सवालसम्बन्धी हेटौंडामा अभिमुखीकरण

लोकखबर
२०८० मंसिर १५, शुक्रबार १८:३७

मकवानपुर । मकवानपुरको हेटौंडामा अपाङ्गता भएका व्यक्तिको ३२ औं अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा अभिमुखीकरण गरिएको छ ।
बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय हेटौंडाको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश हेटौंडाको समन्वयमा अभिमुखीकरण गरिएको हो ।

अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी महासन्धि र दिगो विकासका लक्ष्यहरुको अन्तरसम्बन्ध विषयमा अभिमुखीकरण गरिएको हो । दिवसको यो पटकको नारा ‘दिगो विकास लक्ष्य प्राप्तको प्रतिबद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ सहित कार्यक्रम गरिएको हो ।

अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय महासन्धि र दिगो विकासको लक्ष्यको अन्तरसम्बन्ध, दिगो विकासको लक्ष्यअनुसार युएनसीआरपिडीको आधारमा अपाङ्गता लक्षित नीति तथा कार्यक्रम निर्माणबारे अभिमुखीकरण कार्यक्रममा छलफल भएको हो । अभिमुखीकरणमा अपाङ्ग सरोकार मकवानपुरका अध्यक्ष गणेशचन्द्र दवाडीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा अपाङ्गता भएका बढी बालबालिका विद्यालय बाहिर रहेको बताइएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश हेटौंडाका अध्यक्ष अश्विन लम्सालले अपाङ्गता दिवसको सन्दर्भमा अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत पाँचौ दिन अभिमुखीकरण आयोजना गरिएको बताए । साताव्यापी कार्यक्रमको अन्तिम दिन हेटौंडामा सचेतनामुलक र्‍याली आयोजना गर्ने तयारी छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको