बागमती प्रदेश प्रमुख शर्माको अनुपस्थितीमा गण्डकी प्रदेश प्रमुख गुरुङलाई जिम्मेवारी

लोकखबर
२०८० मंसिर १५, शुक्रबार २०:०१

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको अनुपस्थितीमा कार्यभार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पाउने भएका छन् ।
बागमती प्रदेश प्रमुख शर्मा मंसिर १६ देखि २१ गतेसम्म चीन भ्रमणमा जाने भएपछि बागमती प्रदेश प्रमुखको कार्यभार पनि गण्डकी प्रदेश प्रमुख गुरूङले पाउने भएका हुन् ।

बागमती प्रदेश प्रमुखको अनुपस्थितिमा प्रदेश प्रमुखले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेश प्रमुख गुरूङलाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले बागमती प्रदेशका प्रमुख माननीय यादवचन्द्र शर्मा मिति २०८०/८/१६ देखि २०८०/८/२१ गतेसम्म मित्रराष्ट्र जनवादी गणतन्त्र चीन भ्रमणमा जानु हुने भएको हुँदा उहाँको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार नेपाल सरकार,मन्त्रिपरिषद्को सिफारिस बमोजिम गण्डकी प्रदेशका प्रमुख माननीय पृथ्वीमान गुरुङलाई तोक्नु भएको छ ।’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको