बागमती प्रदेश प्रमुख शर्माद्धारा तमु ल्होछारको शुभकामना

लोकखबर
२०८० पुष १५, आईतवार ०७:४७

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आइतबार मनाइँदै गरिएको गुरुङ जातिको महत्वपूर्ण पर्व तमु ल्होछारका सन्दर्भमा शुभकामना व्यक्त गरेका छन् ।
हरेक वर्ष पुस १५ मा तमु अर्थात् गुरुङ जातिले हर्षोल्लासपूर्ण वातावरणमा तमु ल्होछार मनाउने गरिन्छ । यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका यस समुदायका दाजुभाई-दिदिबहिनी तथा समस्त नेपालीहरुमा सुख,शान्ति र समृद्धिका लागि प्रमुख शर्माले शुभकामना व्यक्त गरेका छन् ।
प्रमुख शर्माले गुरुङ समुदायले ल्होछारलाई तिब्बती पात्रो अनुसार नयाँ वर्षका रुपमा धुमधामका साथ मनाउँने उल्लेख गर्दै यस दिनबाट चालु वर्गको अन्त्य र नयॉ वर्गको सुरुआत भएको मानिने बताए।‘यो समुदायमा आजबाट बिरालो वर्गको सम्वत्सर समाप्त भई गरुड वर्गको आगमन भएको मानिन्छ ।’ प्रमुखको शुुभकामना सन्देशमा छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको