राष्ट्रियसभा निर्वाचनमा २०४७ जना मतदाता
मकवानपुर । निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा २०४७ जनाले मतदाता रहेका छन् । आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार प्रदेशसभा सदस्य ५४९ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १४९८ जनाले राष्ट्रियसभाका लागि मतदान गर्ने भएका हुन् ।
यो चुनावमा सबैभन्दा धेरै मतदाता मधेश प्रदेशमा छन् । मधेशमा प्रदेशसभा सदस्य १०७ जना र स्थानीय तहका प्रमुख र उपप्रमुख २६७ जना गरी कुल ३४७ जना मतदाता रहेका छन् ।
यस्तै, कोशीमा ९३ जना प्रदेशसभा सदस्य र २७४ जना स्थानीय तहका जनप्रतिनिधि गरी ३६७ जना मतदाता रहेका छन् । बागमतीमा ११० जना प्रदेशसभा सदस्य र २३७ जना स्थानीय तहका जनप्रतिनिधि गरी ३४७ मतदाता छन् ।
गण्डकीमा ६० प्रदेशसभा सदस्य र १७० स्थानीय तहका जनप्रतिनिधि गरी २३०, लुम्बिनीमा ८७ प्रदेशसभा सदस्य र २१८ स्थानीय तहका जनप्रतिनिधि गरी ३०५ जना मतदाता छन् ।
कर्णालीमा ४० प्रदेशसभा सदस्य र १५६ स्थानीय तहका जनप्रतिनिधि गरी १९६ जना र सुदूरपश्चिममा ५२ प्रदेशसभा सदस्य र १७६ जना स्थानीय तहका जनप्रतिनिधि गरी २२८ जना मतदाता रहेका छन् । राष्ट्रियसभा निर्वाचन आगामी ११ माघमा हुँदैछ । निर्वाचनबाट १९ सदस्य चयन गरिनेछ ।











































