हेटौंडामा मनाइयो माघे संक्रान्ति
मकवानपुर । मकवानपुरको हेटौंडामा माघे संक्रान्ति पर्व मनाइएको छ । हेटौंडा ११ सिमलटारस्थित शंकर ज्योति आधारभूत विद्यालयको प्रांगणमा सोमबार यो पर्व मनाइएको हो ।
मगर संघ मकवानपुरको प्रमुख आयोजना र ग्वायत फेरा मगर गुठी हेटौंडाको व्यवस्थापनमा कार्यक्रम भएको हो । कार्यक्रममा संघको अध्यक्ष सन्देश तुम्सीङ मगरको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य तथा संघको निवर्तमान संरक्षक प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यता रहेको थियो । संघका केन्द्रीय अनुशासन समिति संयोजक अशोक सारु मगरको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि पुलामीले आफ्नो भाषा ,संस्कृति र पहिचान हराउन दिनु नहुने र गुमेका अधिकारहरु प्राप्तिका लागि एकजुट हुनुपर्ने बताए ।
हेटौंडा उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष जुना दाहाल, संघका केन्द्रीय सदस्य अमृता थापा मगर, केन्दीय सल्लाहकारहरु विश्व आले मगर र मधुकर सिं गलामी मगर, संघका बागमती प्रदेश उपाध्यक्ष खेम जर्गा मगर, संघका बागमती प्रदेश प्रशासन सचिव रामकुमार बोगटी थापा मगर, निवर्तमान प्रेस सल्लाहकार कृष्ण सारुमगर, संघका पूर्व सदस्य लालबहादुर थापा, नेपाल मगर विद्यार्थी संघ मकवानपुरका अध्यक्ष तथा केन्द्रीय सदस्य शिव पुलामी मगर, नेपाल मगर युवा संघ मकवानपुरका अध्यक्ष उपेन्द्र राना मगर, नेपाल मगर महिला संघ मकवानपुरका अध्यक्ष डेमिज थापा मगर लगायतको आतिथ्यता रहेको थियो ।











































