शर्मा र न्यौपाने पुरस्कृत

लोकखबर
२०८० माघ १६, मंगलवार २१:४६

मकवानपुर । रिपोर्टर्स क्लब नेपाल मकवानपुर शाखाले सहिद बासुदेव घिमिरेको नाममा स्थापना गरेको ‘सहिद बासुदेव घिमिरे स्मृति पत्रकारिता पुरस्कार-२०८०’ बाट पत्रकार नवराज शर्मा तिमल्सिना र नवराज न्यौपानेलाई सम्मान गरेको छ ।

क्लबका अध्यक्ष बलराम पुडासैनीको अध्यक्षतामा मंगलबार हेटौंडामा भएको कार्यक्रममा पत्रकार शर्मा र न्यौपानेलाई जनही ८ हजार ८ सय ८८ राशीको पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, विशिष्ट अतिथि आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठ र क्लबका केन्द्रीय अध्यक्ष ऋषि धमलालगायतले शर्मा र तिमल्सिनालाई पुरस्कार राशीसहित प्रमाणपत्र हस्तान्तर गरे ।

कार्यक्रममा रिपोर्टर्स क्लब मकवानपुरका पूर्व अध्यक्ष सविन न्यौपाने र सामाजिक क्षेत्रमा योगदान पुर्याएको भन्दै एष्ट्रोनोभा फाउण्डेशनलाई सम्मान गरिएको थियो ।

यसैगरी, पुरस्कृत हुनु भएका पत्रकार नवराज न्यौपानेले आफुले प्राप्त गरेको नगद रकम शहिद बासुदेव घिमिरेका पिता कृष्णप्रसाद घिमिरेको स्वास्थ्य उपचारको लागि सोही क्रममा हस्तान्तरण गरे ।

सहिद बासुदेव घिमिरेका पिता कृष्णप्रसाद घिमिरेको विशेष आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटा, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँ, मकवानपुरका प्रहरी प्रमुख रिताराम रिजाल, राप्रपाका नेता सिताराम बर्तौला, पत्रकार महासंघ बागमती प्रदेशका पूर्व अध्यक्ष प्रताप विष्ट, समाजवादी प्रेस संगठनका केन्द्रीय महासचिव रामकुमार एलन, पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्णसारु मगर, महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारीलगायतको आतिथ्यता थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको