नेपाल प्यान्क्रेशन एथ्लीमा संघ मकवानपुर संयोजकमा सफल
मकवानपुर । मकवानपुर, हेटौंडाका युवा सफल अधिकारी विश्व प्यान्क्रेशन एथ्लीमा महासंघको नेपाल प्रतिनिधि नेपाल प्यान्क्रेशन एथ्लीमा संघ मकवानपुरको संयोजक चयन भएका छन् ।
नेपाल प्यान्क्रेशन एथ्लीमा संघको बिधान बमोजिम यही मिति २०८० साल फागुन ५ गते बसेको सचिवालय बैठकको निणर्य अनुसार अधिकारीलाई मकवानपुर जिल्लाभरी शाखा गठन तथा पुनर्गठन र प्यान्क्रेशन खेलको गतिविधि सञ्चालन गर्नका लागि आवश्यक कार्यहरु सम्पादन गर्ने अधिकार सहित संयोजक चयन गरिएको हो ।
विश्वकै पुरानो मार्शलआर्ट (युनानी युद्दकला) प्यान्क्रेशन खेलको विकास र प्रबर्धनका साथै यस खेलको अन्तर्राष्ट्रिय संस्था नेपाल प्यान्क्रेशन एथ्लीमा संघको बिधान बमोजिम अधिकारीले जिम्मेवारी पाएका हुन् । ‘यही मिति २०८० साल फागुन ५ गते बसेको सचिवालय बैठकको निणर्य अनुसार सफल अधिकारीलाई नेपाल प्यान्क्रेशन एथ्लीमा संघ मकवानपुरको संयोजकको जिम्मेवारी दिइएको हुँदा संघको बिधान र नीति निर्देशनमा रही आवश्यक कार्य सम्पादनका लागि अनुरोध गरिन्छ ।’ संघले अधिकारीलाई जिम्मेवारी तोक्दै पठाएको पत्रमा भनिएको छ ।
यस्तै, संघको मिति २०७५ असार २३ गते, जिल्ला खेलकुद विकास समिति मकवानपुरको रोहबरमा गठित नेपाल प्यानक्रेशन एथ्लीमा संघ मकवानपुर शाखाको विघटन समेत गरिएको जानकारी पनि यसै गराइएको छ ।
मकवानपुरका युवा नेता एवम् व्यवसायी अधिकारी हाल नेकपा (एकीकृत समाजवादी) हेटौंडा उपमहानगर कमिटिको सचिव हुन् ।
संघ मकवानपुर संयोजकको जिम्मेवारी पाएका अधिकारीले आफूले आफ्नो पदीय दायित्व इमान्दारिताका साथ पूरा गर्ने बताए ।











































