मुलुकलाई नयाँ दिशामा लैजान गठबन्धन तोडाएर एमाले सम्मिलित सरकार : एमाले जिल्ला सचिव सिग्देल

लोकखबर
२४ फाल्गुन २०८०, बिहीबार १९:५७

मकवानपुर । नेकपा एमाले जिल्ला कमिटी मकवानपुरका सचिव नवीन सिग्देलले राष्ट्रियता रक्षा गर्न, गणतन्त्र सुदृढ गर्न र विकास र समृद्विकाे लागि नेकपा एमाले बलियाे हुनपर्ने र सरकार सञ्चालन गर्नुपर्ने बताएका छन् ।

मकवानपुरको बागमती गाउँपालिका वडा नं. ६ काे विहिबार भएकाे भेलामा बाेल्दै सिग्देलले नेकपा एमाले सरकारमा हुँदा जनतामा आशा र भराेसा बढ्ने र अन्य सरकारले निरासा मात्र पैदा गरेकाे भन्दै बर्तमान सरकार गठबन्धन ताेडेर मुलुकलाई नयाँ दिशा दिन एमाले सम्मिलित सरकार बनाउन कदम चालेकाे बताए । नेकपा एमाले जनताकाे भराेसा र असल कार्यकर्ताकाे जगमा उभिएकाे बताउँदै पार्टीले लाेकतन्त्र र देश विकासकाे लागि खेलेकाे भूमिका जनतामा प्रष्ट पार्न आमकार्यकर्ता पंक्ति एकजुट भएर लाग्नुपर्ने प्रष्ट पारे ।

पार्टी वडा कमिटीका अध्यक्ष सुमन क्याम्चकीकाे अध्यक्षतामा भएकाे भेलामा नेकपा एमाले जिल्ला सचिवालय सदस्य खेम जर्गामगर, जिल्ला सदस्य तथा ६ नं. वडाका निर्वाचित अध्यक्ष टेकबहादुर डिम्डुङ्ग, बागमती गाउँपालिका कमिटी अध्यक्ष नरबहादुर पाख्रीन , ८ नं. वडाका निर्वाचित अध्यक्ष केशव तिमल्सिना, जिल्ला सहकारी विभाग सदस्य दलबहादुर राईकाे उपस्थिति रहेकाे थियाे ।

भेलामा पार्टी कमिटीका सदस्य, सदस्य, जनसंगठन र जनप्रतिनिधिकाे उपस्थिति थियाे ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*