एकीकृत समाजवादीको हेटौंडा १७ मा बृहत भेला, अर्यालको संयोजकत्वमा वडा कमिटी पुनगर्ठन

लोकखबर
३० फाल्गुन २०८०, बुधबार २१:१४

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), हेटौंडा उपमहानगरपालिका १७ नम्बर वडा कमिटि पुनर्गठन गरिएको छ ।
बुधबार भएको बृहत् वडा भेलाले रामकुमार अर्यालको अध्यक्षतामा २५ सदस्यीय पार्टी वडा कमिटी गठन गरिएको हो ।

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य घनप्रसाद गौतमको प्रमुख आतिथ्यतामा आयोजित भेलामा पार्टीका केन्द्रीय सदस्य एवम् मकवानपुर सह इन्चार्ज राजाराम स्याङतान, पार्टी मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहाल, सचिव ध्रुव भुजेल, उपसचिव किरणमान बल, जिल्ला कमिटि सचिवालय सदस्य गणेश कठायत, कृष्ण सापकोटा, पार्टी हेटौंडा नगर कमिटिका कार्यवाहक अध्यक्ष विष्णु लामा, सचिव सफल अधिकारी लगायतको आतिथ्यता थियो ।

भेलामा साविक हटिया साविसका ३ नम्बर वडाका पूर्व वडाध्यक्ष समेत रहेको वामपन्थी नेता कुलप्रसाद रुपाखेतीको संयोजकत्वमा ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*