कान्तिलोकपथ आज देखि ४५ दिनका लागि बन्द

लोकखबर
२०८० चैत्र १, बिहीबार १५:१४

मकवानपुर । मकवानपुरको हेटौँडादेखि काठमाण्डौँसम्म पुग्नको लागि प्रयोग भइरहेको कान्तिलोकपथ आज देखि ४५ दिनका लागि बन्द भएको छ । ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आउँदो वैशाख १५ गतेसम्म बाटो बन्द हुन लागेको हो ।

मकवानपुरको हेटौँडा–ठिङ्गनहुँदै ललितपुरको बगुवा, काल्चे, भट्टेडाँडा, तिनपाने भञ्ज्याङ हुँदै टीकाभैरवबाट काठमाडौँ पुग्ने यो सडकको काल्चे खण्ड बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुनेछ । यो खण्ड अन्तर्गत झण्डै डेढ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको हो । सडकमाथिका कडा चट्टान काट्ने निर्णय भएसँगै काम सुरु भएको र काम सक्न ४५ दिन लाग्ने अनुमान छ ।

वि.सं २०१३ मा शिलान्यास गरिएको काठमाण्डौलाई हेटौँडासँग जोड्ने सडक मार्गको ५ किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी रहेको छ । यो सडक विगत ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै छ । कान्ति राजमार्गको हेटौँडा बुद्धचोकबाट ललितपुरको सातदोबाटोसम्म लम्बाइ ९२ किलोमिटर छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको