हेटौँडाबाट २ युवक पक्राउ

लोकखबर
२ चैत्र २०८०, शुक्रबार ०७:२४

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ रातामाटेबाट ११ किलो १०० ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सर्लाही बलरा नगरपालिका–६ बस्ने २१ वर्षीय सुजित कुमार सहनी र २० वर्षीय सरोज कुमार सहनी रहेका छन् । प्रहरी चौकी रातामाटेबाट खटिएको प्रहरीले रातोमाटे चेकपोष्टमा बा. ४ ख ५९३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

उनीहरुलाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट १० दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*