हेटौँडामा महिला उद्यमी प्रदर्शनी शुरु

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा प्रदेशस्तरीय आठौं महिला उद्यमी प्रदर्शनी–२०८० शुक्रबारदेखि सुरु भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिले प्रदेश प्रदर्शनी आयोजना गरेको हो। समितिले ११ वर्षपछि ‘पर्यटन, कृषि, लघु उद्यमशीलता(महिला सहभागिता आजको आवश्यक्ता’ भन्ने नाराका साथ प्रदर्शनी गरेको हो ।
प्रदर्शनीमा महिला उद्यमीहरुको हस्तकलाका उत्पादनहरु, अन्य वस्तु तथा सेवाहरुको प्रदर्शनी साथै कृषि सम्बन्धी स्टलहरु रहेको छ । चैत्र ६ गतेसम्म हेटौंडाको पल्पसा सदनमा आयोजना हुने प्रदर्शनीमा ३७ वटा स्टलहरु रहेको छ । प्रदर्शनीमा मकवानपुर, सिन्धुली, चितवन, काठमाडौँ, नुवाकोट, ईटहरीदेखिका उद्यमीहरुले स्टल राखेका छन् ।
मकवानपुर जिल्लाका उत्पादनलाई प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा निः शुल्क प्रदर्शनी तथा अवलोकनको व्यवस्था गरिएको छ। प्रदर्शनी अवधिभर महिला उद्यमीहरुको बस्तु तथा सेवाहरुको प्रदर्शनी तथा बिक्री, कृषि उपजहरुको प्रदर्शनी तथा बिक्री, स्थानीय कलाकारहरुको दैनिक मनोरञ्जनात्मक प्रस्तुति, महिला उद्यमीहरुको सफलताको कथा प्रस्तुति, महिला उद्यमशीलता लगायतका विषयमा प्यानल छलफल, कृषि सम्बन्धी खुल्ला अन्तक्रिया कार्यक्रम समेत हुनेछ।