तारेभिर घटना : एक युवक पक्राउ
काठमाण्डौ । काठमाडौँको तारेभिरमा मृत अवस्थामा भेटिएकी सुस्मा लामाको हत्या आरोपमा प्रहरीले गोकर्णेश्वर नगरपालिका–३ का २१ वर्षीय रुपेन्द्र लामालाई पक्राउ गरेको छ ।
१२ कक्षामा अध्ययनरत १८ वर्षीया सुस्मालाई हत्या गरेर गाडेको अवस्थामा फागुन २५ मा प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरबाट शव उत्खनन् गरेको थियो । आरोपी लामालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।