हेटौँडा अस्पतालमा इमर्जेन्सी फार्मेसी सञ्चालन
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा अवस्थित हेटौँडा अस्पतालमा आजबाट इमर्जेन्सी फार्मेसी सेवा सुरु भएको छ । लामो समयदेखि बिरामी जाँचका लागि इमर्जेन्सी सेवा सुरु गरिएता पनि अब भने अस्पतालबाट इमर्जेन्सी फार्मेसी सेवा पनि पाईने भएको हो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सदस्य उत्सव चौँलागाईका अनुसार हेटौँडा अस्पतालमा स्वास्थ्य सेवा लिन आउने बिरामीको भिडलाई मध्येनजर गर्दै अस्पतालले इमर्जेन्सी फार्मेसी सेवा सुरु गरेको हो ।

इमर्जेन्सी फार्मेसीबाट विशेषगरी अस्पतालको इमर्जेन्सी वार्डमा सेवा लिइरहेका बिरामीहरुलाई आवश्यक औँषधि प्रदान गर्नेछ । यसबाट इमर्जेन्सी सेवा लिइरहेका बिरामीले ओपिडी फार्मेसीमा लामो समयसम्म लाईनमा बस्नुपर्ने झन्झट अन्त हुने अस्पताल प्रशासनको विश्वास छ ।












































