हेटौँडामा बालिकालाई ठक्कर दिई भागेका स्कुटर चालक पक्राउ

लोकखबर
५ चैत्र २०८०, सोमबार ०७:१७

मकवानपुर । मकवानपुरको हटौँडा उपमहानगरपालिका वडा नम्बर ५ पिप्लेमा एक बालिकालाई ठक्कर दिई फरार भएका स्कुटर चालक र स्कुटर पछाडि सवार व्यक्तिलाई मकवानपुर प्रहरीले ९ दिनपछि पक्राउ गरेको छ । गएको फागुन २५ गते राति करिब ८ः३० बजे हेटौँडा ५ पिप्लेस्थित हाम्रो पाठशाला छात्रावास छेउको भित्री सडकमा सोही स्थानकी ७ वर्षीया बिनिशा पुडासैनीलाई ठक्कर दिएर सवारी चालक फरार भएका थिए ।

प्रहरीले ९ दिनको खोजतलासपछि हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ पिप्लेका २३ वर्षीय सागर पुडासैनीलाई पक्राउ गरेको हो । अनुसन्धानका क्रममा पुडासैनीले चलाएको ग.८ प ४१५२ नम्बरको डियो मोडेलको हुण्डा कम्पनीको रातो कलरको स्कुटरले ठक्कर दिएको भन्ने खुलेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई मोटरसाईकल सहित चैत ३ गते पक्राउ गरिएको हो । घटना भएको समयमा उनको स्कुटरपछाडि सवार ३० वर्षीय कुमार प्रसाद गौतमलाई पनि थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । चालक पुडासैनीमाथि सवारी दुर्घटनाबाट मानिस अङ्गभङ्ग शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनाका समयमा स्कुटरले ठक्कर दिई फरार भएपछि विनिशाको टाउको र शरिरमा चोट लागेर उनी गम्भिर घाईते भएकी थिईन् । उनलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएतापनि थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा रिफर गरिएको थियो । घाईते पुडासैनीको अवस्था अहिले पनि गम्भिर नै रहेको प्रहरीले जनाएको छ ।

फरार भएका चालकलाई प्रहरीले विशेष अनुसन्धान टोली बनाएर खोजी गरेको थियो । सिसिटिभी फुटेज र घटनास्थलको थप अनुसन्धान गरी प्रहरीले घटनास्थल वरिपरिका व्यक्तिहरुसँग सोधपुछ समेत गरेको थियो । त्यत्ति गर्दा पनि फरार व्यक्ति बारे पत्ता लगाउन नसकेपछि प्रहरीले उक्त क्षेत्रमा २ पाङ्ग्रे सवारी चढ्नेहरुको विवरण समेत संकलन गरी उनलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*