मेयर मीना लामा सहयोग गर्न डढेलो पिडितको घरमा

लोकखबर
५ चैत्र २०८०, सोमबार १०:०२

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा डढेलो पिडितलाई सहयोग गर्न र सान्त्वना दिन सुकौरामा पुगेकी छिन् ।


हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ सुकौरास्थित पाखामा लागेको डढेलोका कारण स्थानीय मदनकुमार बल तामाङको घर जलेर नष्ट भएको थियो । डढेलोका कारण पिडित बनेका तामाङको परिवारलाई सात्वना दिन मेयर लामासहितको टोली गाउँमा पुगेको हो ।


उनले पिडित परिवारलाई सहयोग गर्दै समस्याका कारण नआत्तिन र चिन्तित नहुन आग्रह गर्दै सान्त्वना दिएकी थिईन् । मेयर लामाको निर्देशनमा नगर प्रहरीले पिडित परिवारको घर पुननिर्माणमा पनि मदत गरेका छन् ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*