मनहरीको रजैया र दरदरा जोड्ने पक्की पुलको शिलान्यास

लोकखबर
६ चैत्र २०८०, मंगलवार १०:३४

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा वडा नम्बर ५ रजैया र वडा नम्बर ९ दरदरा जोड्ने पक्की पुलको शिलान्यास गरिएको छ । सोमबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुलको शिलान्यास गरेका हुन् । बागमती प्रदेशको पूर्वाधार विकास कार्यालयको २४ करोडको लागतमा राप्ती खोलामा मोटरेबल पक्की पुल निर्माण हुनेभएको हो ।

पुल निर्माणको ठेक्का बिटीआरएस जेभी काठमाडौंले पाएको छ । कम्पनीले २०८३ साल बैशाख ४ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको हो । पुल निर्माणपश्चात् वडा नम्बर ५ का एक हजार जना र ९ का ३ सय जान स्थानीयले सुविधा पाउनेछन् । यसअघि उक्त स्थानमा झोलुङ्गे पुल रहेको थियो । हिउँदमा राप्ती खोलामा ह्युमपाइप राखेर सवारी साधन आवतजावत गर्ने व्यवस्था गरिएको थियो ।

पुल शिलान्यास कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, उपाध्यक्ष सीता पुलामीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*