मनहरीको ३ नम्बर वडाभित्र म्याजिक सञ्चालन

चन्द्र घलान
६ चैत्र २०८०, मंगलवार ११:०३

मकवानपुर । मकवानपुरको हेटौँडाबाट मनहरी गाउँपालिकाको वडा नम्बर ३ का विभिन्न स्थानसम्म म्याजिक गाडी संचालन गरिएको छ । वडा नम्बर ३ का अध्यक्ष अनन्त प्रकाश अर्यालका अनुसार वडाभित्र बिहान ६ बजेदेखि म्याजिकमा यात्रा गर्न सकिनेछ ।

टेम्पो तथा मझौला यातायात व्यवसायी संघसँगको सहकार्यमा वडाले म्याजिक गाडी संचालनमा पहल थालेपछि योजना सफल भएको हो । हरेक दिन ३ वटा म्याजिक संचालन हुने भएकोले वडाभित्रका स्थानीयहरुलाई वडाका एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न र हेटौँडा बजारसम्म पुग्न सहज हुने अध्यक्ष अर्यालले विश्वास व्यक्त गरेका छन् ।

हेटौँडाबाट सान्नान्टार,३ नम्बर वडा कार्यालय हुँदै मिलडाँडासम्म तथा हेटौँडाबाट बस्तिपुर–भुन्द्रुङ हुँदै विक्रमप्रतासम्म म्याजिक संचालन हुने अध्यक्ष अर्यालले जानकारी दिए । म्याजिक संचालनबाट वडाका ११२८ भन्दा बढी घरधुरीका बासिन्दाहरुले लाभ उठाउन सक्नेछन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*