हेटौँडा–महालक्ष्मी–काठमाडौँ सडक १६ दिनका लागि बन्द
मकवानपुर । मकवानपुरको हेटौँडा–महालक्ष्मी–चखेल हुँदै काठमाडौँ आवतजावत गर्न सजिलो सडकका रुपमा रहेको सबैभन्दा छोटो दुरीको मार्ग चखेल–मातातीर्थ सडक १६ दिनका लागि बन्द भएको छ ।
महालक्ष्मी–दोभान–घट्टेखोला–चखेल–मातातीर्थ सडक बिहीबारदेखि १६ दिनका लागि बन्द गरिने भएको हो। महालक्ष्मी–दोभान–घट्टेखोला–चखेल–मातातीर्थ सडकको मकैबारी–मातातीर्थ खण्डमा बेस हाल्नेलगायतका सडक निर्माण कार्य भइरहेकोले चैत २३ गतेसम्मका लागि सडक बन्द गरिएको हो ।
यस अवधिभर उक्त सडकमा आवतजावत गर्ने सम्पूर्ण सवारी साधन पूर्ण रुपमा बन्द गरिएकोले वैकल्पिक सडक प्रयोग गर्न गर्नुपर्ने बताइएको छ ।