बागमती प्रदेशसभा सदस्य पाठक, सामुदायिक वनको अन्तर्राष्ट्रिय सञ्जालको अध्यक्ष चयन

लोकखबर
९ चैत्र २०८०, शुक्रबार ०७:२६

मकवानपुर । सामुदायिक वनहरूको अन्तर्राष्ट्रिय सञ्जालको संयोजकमा मकवानपुरे नेतृ भारती पाठक चुनिएकी छिन् । बागमती प्रदेश सभाकी सदस्य तथा प्राकृतिक स्रोत साधन व्यवस्थापन अभियान्ता समेत रहेकी पाठक संयोजकमा चयन भएकी हुन् ।

केही साता अघि नैरवीमा भएको भेलाले नेपालको प्रतिनिधित्व गर्दै पाठकलाई संयोजकमा चयन गरिएको थियो । यसअघि नै उनले सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) को केन्द्रीय अध्यक्ष, महासचिव तथा कोषाध्यक्षका रूपमा काम गरिसकेकी छिन् ।

मकवानपु निवासी पाठक करिब २ दशकदेखि सामुदायिक वनको क्षेत्रमा निरन्तर सक्रिय छिन् । उनी नेकपा (एमाले) वन तथा वातावरण विभाागकी प्रमुख समेत हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*