हेटौँडा सामुदायिक आँखा अस्पतालमा सेवाग्राहीले दिए नक्कली नोट

लोकखबर
९ चैत्र २०८०, शुक्रबार १४:३१

मकवानपुर । मकवानपुरको हेटौँडा सामुदायिक आँखा अस्पतालमा नक्कली नोट भेटिएको छ । अस्पताल प्रशासनका अनुसार सेवाग्राहीले १ हजारको नक्कली नोट दिएर सेवा लिएका हुन् । उक्त नोट कुन सेवाग्राहीले दिए भन्ने अहिलेसम्म नखुलेको बताईएको छ ।

अस्पतालका अनुसार २०८० चैत ८ गते बिहीबार औँषधि खरिद गर्न आएका बिरामीले भिडभाडको समयमा उक्त १ हजारको नोट दिएका हुन् ।

नक्कली नोट भेटिएपछि अस्पताल प्रशासनले अनुसन्धानका लागि सम्बन्धित निकायमा मदत समेत मागेको जानकारी दिएका छन् ।
बिरामीले जानाजान उक्त नक्कली नोट दिए वा उनलाई पनि थाह नभई त्यस्तो नोट प्रयोग भएको हो भन्नेमा अहिलेसम्म थप जानकारी आएको छैन ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*