हेटौँडामा नेकपा एकिकृत समाजवादीमा प्रवेशको लहर
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ मा नेकपा एमाले, नेपाली काँग्रेस् र अन्य दल परित्याग गरी २ सयभन्दा बढी युवा तथा सामाजिक व्यक्तित्वहरु नेकपा (एकिकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

हेटौँडा ३ बसामाडीस्थित काका पार्टी प्यालेसमा आज आयोजित विशेष कार्यक्रममा उनीहरु नेकपा (एकिकृत समाजवादी(मा प्रवेश गरेका हुन् । हेटौँडाका बुद्ध लामा, उमेश तामाङ, जनम लामा र आइतबहादुर मोक्तानको नेतृत्वमा उनीहरु एकिकृत समाजवादीमा प्रवेश गरेका हुन् । नेकपा एसका स्थायी कमिटी सदस्य, पुर्व स्वास्थ मन्त्री विरोध खतिवडाले खादा र अबिर लगाउँदै उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा नेकपा एसका केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज मुनु सिग्देल, केन्द्रिय सदस्य एवम् हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, गायत्री सुवेदी, पार्टी मकवानपुरका सचिव ध्रुव भुजेल, पार्टीका नेताहरु किशोर टण्डन, किरणमान बल, किशोर बर्तौला, शिवहरी बर्तौला, सफल अधिकारी, रोशन बल लगायतको आतिथ्यता रहेको थियो ।

एकिकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णु दाहालको अध्यक्षतामा भएको कार्यक्रम एकिकृत समाजवादीका जिल्ला नेता किशोर बर्तौलाले संचालन गरेका थिए ।













































