मकवानपुर बहुमुखी क्याम्पस प्रमुखमा यम सिलवाल

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका २ स्थित मकवानपुर बहुमुखी क्याम्पसको प्रमुखमा डाक्टर यमबहादुर सिलवाल चयन भएका छन् ।
मकवानपुर बहुमुखी क्याम्पस संचालक समितिले डाक्टर सिलवाललाई क्याम्पस प्रमुखको रुपमा नियुक्त गरेको हो । उनी यसअघि क्याम्पसका सहायक क्याम्पस प्रमुख थिए ।