ट्याक्टर पल्टिँदा ५ जनाको मृत्यू

लोकखबर
२०८० चैत्र १२, सोमबार १४:२२

अछाम । अछाममा ट्याक्टर पल्टिँदा ५ जनाको घटनास्थलमै ज्यान गएको छ । अरु तीन जना घाइते भएका छन् ।

आज बिहान मेल्लेख गाउँपालिका १ मा भएको दुर्घटनामा वडा नम्बर ७ का स्थानीय ५५ वर्षका रंग धामी, ४५ वर्षका प्रेम धामी, ३७ वर्षका नरबहादुर धामी, १५ वर्षका जनक धामी र २१ वर्षका अर्का जनक धामीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका लालबहादुर धामी, हंश धामी र नाम नखुलेका एक जना बालकलाई उपचारको लागि बयलपाटा अस्पताल लगिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको