बागमती गाउँपालिकामा बाघले ४ वटा गाई मार्यो

लोकखबर
१३ चैत्र २०८०, मंगलवार ०८:२७

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा बाघले ४ वटा गाई मारेको छ । बागमती गाउँपालिका वडा नम्बर–७ मनसाही जरायोटारमा बाघले गाई मारेको हो ।

स्थानीय ६५ वर्षिय रुद्र बहादुर रानाको ४ वटा गाई चराउनको लागी मनकामना सामुदायिक बनमा छाडेकोमा बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मनकामना सामुदायिक बनमा ४ वटा गाई मृत अबस्थामा फेला परेको भनी टेलिफोन मार्फत स्थानियले जानकारी गराए पश्चात प्रहरी चौकी झुरझुरेबाट प्रहरी टोली खटिएको थियो । प्रहरीका अनुसार बाघले २ वटा गाईको पछाडीको शरिरको भाग खाएको र २ वटा आक्रमण गरि मारेको पाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*