सिमलटारमा स्ल्याब ढलान

लोकखबर
१४ चैत्र २०८०, बुधबार २०:५८

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ सिमलटार‌मा १ सय १५ मिटर लम्बाई र ६ मिटर चौडाईको स्ल्याब ढलान गरिएको छ । सिमलटारको बुद्धचोकदेखि बिहानी चोकसम्म‌को बाटोमा स्ल्याब ढलान गरिएको सिमलटारबाट पत्रकार जी. न्यौपानेले जानकारी दिएका छन् ।

हेटौँडा उपमहानगरपालिकाको ८ लाख रुपैयाँ र उपभोक्ताको करिब २ लाख रुपैयाँ बजेटमा स्ल्याब ढलान गरिएको समितिका सुन्दरलाल श्रेष्ठले जानकारी दिए । स्ल्याब ढलानको उद्‌घाटन कार्यक्रमका प्रमुख अतिथि तथा हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले गरेकी थिईन् ।

स्ल्याब ढलान समितिका अध्यक्ष देवकृष्ण थोकरको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ की वडाध्यक्ष जुना दाहाल, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ का अध्यक्ष यज्ञबहादुर आचार्य, सिमलटार टोल‌ विकास संस्थाका उपाध्यक्ष इन्द्र लामा, स्ल्याब ढलान समितिका सचिव जोशन योञ्जन लगाएतको उपस्थिति रहेको थियो।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*