महिला जागरणमा अप्सरा

लोकखबर
१४ चैत्र २०८०, बुधबार २१:१२

मकवानपुर । हेटौँडा उपमहानगरपालिका ११ नम्बर वडा स्तरीय महिला जागरण समूहको अध्यक्षमा अप्सरा अर्याल चयन भएकी छिन् । अर्यालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन भएको हो।

हेटौँडा ११ की वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा गठन भएको समितिका उपाध्यक्षमा देवी माया पोखरेल, सचिवमा सुनिता बिडारी र कोषाध्यक्षमा गीता ढकाल चयन भएकी छिन् । त्यस्तै सदस्यहरूमा सरला सुवेदी, शर्मिला सुवेदी, विजया अधिकारी, माधुरी राना, लिला आचार्य, निरु सुनुवार लगायतका चयन भएका छन् ।

कार्यक्रम हेटौंडा उपमहानगरपालिका महिला बालबालिका तथा समावेशीकरण महाशाखाको आयोजना र नगर स्तरीय महिला जागरण समूह हेटौंडा मकवानपुरको समन्वयमा भएका हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*