पोखराको भ्रमण टोलीसँग हेटौँडामा छलफल

लोकखबर
२०८० चैत्र १४, बुधबार २१:३४

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा पोखरा उद्योग वाणिज्य संघको भ्रमण टोलीसंग बुधबार हेटौंडामा छलफल कार्यक्रम भएको छ । मउवासंघका कार्यवाहक अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षतामा कार्यक्रम भएको हो । पोखरा उवासंघका अध्यक्ष पवन कुमार प्रजापतीको नेतृत्वमा एघार सदस्यीय भ्रमण टोली हेटौंडा आएका हुन् ।

कार्यक्रममा भ्रमण टोलीलाई स्वागत गर्नुहुँदै मउवासंघका कार्यवाहक अध्यक्ष प्रमोद सिंह रानाभाटले संघको स्थापना, गतिविधि, जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यहरु बारे चर्चा गरेका थिए । त्यसैगरी पोखरा उवासंघका अध्यक्ष पवन कुमार प्रजापतीले पोखरा उवासंघको क्रियाकलपाहरु बारे बताउँदै नेपाल उद्योग वाणिज्य महासंघले जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई थप बलियो बनाउने भूमिका निर्वाह गर्नुपर्ने, आर्थिक मन्दीको असहज परिस्थितिमा बैंकहरुले व्याज बढाएर हतोत्साहित बनाएको, हाल देशमा आतंकवाद नगरहेको समयमा पनि बीमा कम्पनीहरुले आतंकवाद शिर्षकमा प्रिमियम लिने गरेको, पोखरा पर्यटकीय राजधानी रहेकाले देशभरको उत्पादनहरु रहनेगरी कोसेली घर निर्माण गर्ने योजना रहेकोलगायतका भनाइहरु राखेका थिए ।

मउवासंघका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्ण कटुवालले बैंकिंग कारण र आर्थिक मन्दीको कारण उद्योग÷व्यवसाय क्षेत्र प्रभावित भएकाले देशभरका उद्योग वाणिज्य संघहरु मिलेर एकिकृत कार्यक्रम गरी सम्बन्धित निकायहरुलाई दवाब दिनुपर्ने बताए । कार्यक्रममा संघका महासचिव दिपक उप्रेती, उपाध्यक्ष उज्वल चौलागाई, पूर्व अध्यक्षद्वय अरुणराज सुमार्गी, भुवनलाल श्रेष्ठ र पोखरा उवासंघका वरिष्ठ उपाध्यक्ष तथा भ्रमण कार्यक्रम संयोजक गोकर्ण कार्कीले मन्तव्य राखेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको