मकवानपुरबाट ६ हजारभन्दा बढी विद्यार्थीहरुले एसईई परिक्षा दिँदै

मकवानपुर । बिहीबारबाट देशैभर एकैसाथ सुरु भएको माध्यमिक शिक्षा परिक्षा (एसईई) मा यसवर्ष मकवानपुर जिल्लाका ६ हजारभन्दा बढी विद्यार्थीहरु सहभागी हुँदैछन् । मकवानपुरका १ सय ३८ विद्यालयबाट ६ हजार १ सय ५६ जना विद्यार्थीले एसईईको परीक्षा फारम भरेका थिए ।
यस वर्ष मकवानपुर जिल्लामा एसईईका लागि २६ वटा परीक्षा केन्द्र रहेको छ । आजदेखि एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । आजबाट सुरु भएको परीक्षा साधारण धारको चैत २३ गते र प्राविधिक धारको चैत २७ गते मंगलबार सकिनेछ ।