हेटौँडाको वडा–वडामा बजेटबारे धारणा संकलन गर्दै उपमहानगरपालिका
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१–०८२ को वार्षिक योजना निर्माण सुरु भएको छ । योजना निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाले उपमहानगरभित्रका १९ वटै वडाबाट नगरवासीको धारणा संकलन गर्दै उपमहानगरपालिकाले वार्षिक योजना निर्माणको सुरुवात गरेको हो ।
नगरवासीको धारणा संकलन गर्ने कार्यक्रम बिहीबार वडा नम्बर १ बाट सुरू भएको हो । प्रतिनिधि मुलक रुपमा नगर विकासका धारणा सुन्नका लागि नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँ वडा नम्बर १ मा पुगेका थिए । वडा नम्बर १ मा भएको कार्यक्रममा सरोकारवालासँगै वडा नम्बर १ का वडाअध्यक्ष सविन न्यौपानेले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा प्रतिनिधीहरुको धारणा सुनेसँगै नगरप्रमुख लामाले बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने बताएकी थिईन् ।