नेपालको अर्थतन्त्रमा समस्या नभएको प्रधानमन्त्री प्रचण्डको दाबी

लोकखबर
१६ चैत्र २०८०, शुक्रबार १८:२९

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्रमा समस्या नभएको दाबी गरेका छन् । शुक्रबार हेटौँडामा निर्माण व्यवसायी महासंघको २५ औँ साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले त्यस्तो दाबी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारको बाटोमा रहेको भन्दै अहिले सङ्कट नरहेको दाबी गरेका हुन् । अघिल्लो वर्ष यसै समयमा देशको अर्थतन्त्र कमजोर अवस्थामा रहेकोमा अहिले धेरै सुधार भइसकेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले आउँदो वर्षका लागि नीति तथा कार्यक्रम, बजेट निर्माणमा आफैँ नेतृत्व लिने गरी तयारी गरेको पनि बताए । उनले अघिल्लो सरकारमा प्रधानमन्त्री एकातिर कुद्न चाहने र अर्थमन्त्री अर्कोतिर कुद्न चाहँदा निकै जटिल भएको भन्दै अब आफैँ नेतृत्व गरेर बजेट निर्माण गर्ने बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले निर्माण उद्योगमैत्री कानुन निर्माणलाई सरकारले प्राथामिकतामा राखेको उल्लेख गरेका थिए । उनले खरिद प्रक्रियामा रहेको प्रक्रियागत ढाँचालाई सरल बनाउनु आवश्यक रहेको भन्दै निर्माण व्यवसायीको समेत सहभागितामा ऐन संशोधन गरी पूर्वाधार विकासका कामलाई गति दिने बताए ।

प्रधानमन्त्रीको स्वागतका लागि हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना लामा र उपप्रमुख राजेश बानियाँको टोली समेत पुगेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*