हेटौँडा ३ बाट वार्षिक योजनाका लागि सुझाव संकलन

चन्द्र घलान
१७ चैत्र २०८०, शनिबार ०६:५५

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१–०८२ को वार्षिक योजना निर्माणका लागि ३ नम्बर वडाबाट सुझाव संकलन गरिएको छ । शुक्रबार हेटौँडा ३ मा सरोकारवालाहरुसँग छलफल तथा सुझाव संकलन गरिएको हेटौँडा उपमहानगरपालिकाले जनाएको हो ।

सरोकारवालाहरुबाट नगर विकासका धारणा सुन्नका लागि नगर प्रमुख मीनाकुमारी लामा वडा नम्बर घ मा पुगेकी थिईन् । कार्यक्रममा सरोकारवालासँगै वडा नम्बर ३ का वडाअध्यक्ष तथा नगरप्रमुख लामाले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा प्रतिनिधीहरुको धारणा सुनेसँगै नगरप्रमुख लामाले उपमहानगरको स्रोत अनुसार विकासलाई समानुपातिक ढंगले अघि बढाएको बताएकी थिईन् । साथै सिपलाई व्यवसायमा परिवर्तन गर्दै आयमुलक कार्यमा नगरवासीहरु जोडिन जरुरी रहेको धारणा व्यक्त गरेकी थिईन् ।

वार्षिक योजना निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाले उपमहानगरभित्रका १९ वटै वडाबाट नगरवासीको धारणा संकलन गर्दै उपमहानगरपालिकाले वार्षिक योजना निर्माणको सुरुवात गरेको हो । नगरवासीको धारणा संकलन गर्ने कार्यक्रम बिहीबार वडा नम्बर १ बाट सुरू भएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*