हेटौँडा १९ मा क्षमता विकास तथा लेखा व्यवस्थापन तालिम सम्पन्न

लोकखबर
१८ चैत्र २०८०, आईतवार १०:३२

मकवानपुर । मकवानपुरको हेटौँडामा टोल विकास संस्थाका पदाधिकारीहरुलाई दिइएको तेश्रो चरणको क्षमता विकास तथा लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा गरिएको ३ दिने तालिममा हेटौंडा १९ नम्बर वडाका ५५ जना सहभागी थिए ।

टोल विकास संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव,सहसचिव एवं कोषाध्यक्षहरुका लागि लक्षित गरीएको तालिममा टोल विकास संस्थाको लेखा व्यवस्थापन, विधान एवं कार्यविधी, बैठक संचालन, माइन्युट लेखन, उद्घघोषण, कार्यक्रम संचालन लगायतबारे सहजिकरण गरिएको थियो ।

नगर समन्वय समितिका महासचिव शिवहरि दाहालको सभाध्यक्षतामा भएको तालिमको समापन कार्यक्रममा उपमहासचिव देवकुमार श्रेष्ठ, सदस्यहरु श्यामकुमार रिमाल र अन्जु पन्डित, टोविस वडा समन्वय समिति अध्यक्ष देबेन्द्र अर्याल, कार्यालय सचिव इशा शर्मा, हेटौंडा क्याम्पसका स्ववियु सभापति अभि मैनाली, टोल विकासकर्मी विष्णुहरि मिश्र लगायतको आतिथ्यता थियो । तालिममा शिवहरि दाहाल र देवकुमार श्रेष्ठलगायतले सहजीकरण गरेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*