हेटौँडामा निःशुल्क दन्त तथा स्वास्थ्य शिविर सम्पन्न
जी. न्यौपाने, मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित उपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा गरिएको एक दिने निःशुल्क दन्त तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा १ सय ४१ जनाले दन्त सेवा र १ सय १० जनाले प्रेसर र सुगर परिक्षण गराएका थिए ।
शिविरमा ६७ हजार रुपैयाँ बराबर को निःशुल्क औँषधि समेत वितरण गरिएको कार्यक्रम संयोजक यज्ञराज आचार्यले जानकारी दिए । उपयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश बिडारीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाकी वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । नवलपुर शहरी स्वास्थ्य विकास शाखाको समन्वय तथा हंस डेन्टल क्लिनिकको सहकार्यमा शिविर भएको हो ।
शिविरमा हंस डेन्टल क्लिनिकका डाक्टर रिती गुप्ता लगायतको टोलीले दन्त परिक्षण गरेका थिए । ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा गरिएको कार्यक्रममा मकवानपुर जिल्ला बचत संघकी अध्यक्ष कल्पना श्रेष्ठ, नवलपुर शहरी स्वास्थ केन्द्रकी प्रमुख मिना कुमारी, वडा सदस्य विकास नेपाल , सञ्जय बिडारी ,गोपिनी सापकोटा , बागेश्वरी बचत तथा ऋण सहकारीकी व्यवस्थापक शर्मिला श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियोे ।