१५ नम्बर वडाअध्यक्ष कप : हेटौँडा १२ र ७ को फाईनल भिडन्त आज

लोकखबर
१८ चैत्र २०८०, आईतवार १०:५६

मकवानपुर । मकवानपुरको हेटौँडामा जारी अन्तर वडास्तरीय १५ नम्बर वडाध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा आज वडा नम्बर १२ र वडा नम्बर ७ बिच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । फाईनल भिडन्त आज दिउँसो २ बजे हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित गौरीटार रंगशालामा हुनेछ ।

प्रतियोगितामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ८ लाई हराउँदै वडा नम्बर १२ र दोस्रो सेमिफाईनल खेलमा वडा नम्बर १५ लाई हराउँदै वडा नम्बर ७ फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाभित्रका १७ वटा वडाहरुको सहभागिता रहेको थियो । हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडा खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता भएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*