बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार तेस्रो पटक विश्वासको मत पाएका छन् ।
जम्कट्टेलले बागमती प्रदेशसभाका ११० जना सांसदमध्ये एक सय आठ जना उपस्थित भएकोमा ५६ जना सांसदको मत प्राप्त गरे ।
सत्तारुढ नेकपा (एमाले) को २७, नेकपा (माओवादी केन्द्र) को २१, नेकपा (एकीकृत समाजवादी) को सात र हाम्रो नेपाली पार्टीका एक गरी ५६ जनाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएका छन् ।
नेपाली कांग्रेसका ३७ जना सांसदले मुख्यमन्त्री जम्कट्टेलले मागेको विश्वासको मतको विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको छ । राप्रपा नेपालको सभामुखबाहेक १२ र नेमकिपाको तीन मत रहेको छ । हाम्रो नेपाली पार्टीका एक सदस्य भने अनुपस्थित भए ।