एकिकृत समाजवादीकी रमा आले मगर मन्त्री नियुक्त, शपथ ग्रहण सकियो
मकवानपुर । बाग्मती प्रदेशमा नेकपा (एकिकृत समाजवादी) की सांसद रमा आले मगर मन्त्री नियुक्त भएकी छिन् । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उनलाई सोमबार बेलुका बिना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन् ।
आलेले आज बिहान शपथ ग्रहण गरेकी छिन् ।आज बिहान प्रदेश प्रमुख कार्यालय हेटौँडामा आयोजित कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्री आले मगरलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
सांसद आले मगर एकिकृत समाजवादीबाट प्रदेशमा प्रत्यक्ष निर्वाचित एकमात्र महिला सांसद हुन् । उनी काठमाण्डौ प्रतिनिधिसभा क्षेत्र नम्बर–१० को प्रदेश ‘ख’ बाट निर्वाचित भएकी हुन् ।