वैदेशिक रोजगार कानुनी प्रावधानबारे हेटौँडामा अभिमुखीकरण
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई लक्षित गर्दै हेटौँडामा वैदेशिक रोजगार कानुनी प्रावधान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार हेटौँडाको होटल सामानामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना लामासँगै अन्य जनप्रनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत भएको हो । सामी कार्यक्रमलाई नेपाल सरकार र हेल्भिटस नेपालले अगाडि बढाईरहेको छ ।