हेटौँडा ५ मा वार्षिक योजनाका लागि सुझाव संकलन

लोकखबर
२१ चैत्र २०८०, बुधबार १२:५३

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१–०८२ को वार्षिक योजना निर्माणका लागि ५ नम्बर वडाबाट सुझाव संकलन गरिएको छ । हेटौँडा ५ मा सरोकारवालाहरुसँग छलफल तथा सुझाव संकलन गरिएको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ ।

सरोकारवालाहरुबाट नगर विकासका धारणा सुन्नका लागि नगर प्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बानियाँ वडा नम्बर ५ मा पुगेका थिए । कार्यक्रममा सरोकारवालासँगै वडा नम्बर ५ का वडाअध्यक्ष तथा नगरप्रमुख लामा, उपप्रमुख बानियाँ र अन्य उयपस्थितहरुले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा प्रतिनिधीहरुको धारणा सुनेसँगै नगरप्रमुख लामाले सरोकारवालाहरुको सुझाव अनुसार बजेट निर्माण गर्ने बताएकी थिईन् । वार्षिक योजना निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाले उपमहानगरभित्रका १९ वटै वडाबाट नगरवासीको धारणा संकलन गरिरहेको छ । नगरवासीको धारणा संकलन गर्ने कार्यक्रम यसअघि नै वडा नम्बर १,३ र ४ मा सम्पन्न भइसकेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*