राक्सिराङ ९ मा नेकपा एकिकृत समाजवादीको वडा भेला सम्पन्न
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ९ डण्टारमा नेकपा एकिकृत समावादीको वडा भेला सम्पन्न भएको छ । पार्टीकी केन्द्रिय सदस्य तथा मकवानपुर ईञ्चार्ज मुनु सिग्देलको प्रमुख आतिथ्यतामा वडा भेला भएको हो ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य राजाराम स्याङ्तान, बागमती प्रदेश सदस्य कृष्णबहादुर चेपाङ, मकवानपुर जिल्ला अध्यक्ष विष्णु दाहाल, जिल्ला सचिव ध्रुव भुजेल, सचिवालय सदस्य रामकुमार एलन, किशोर बर्तौला, चन्द्रबहादुर गोले, राक्सिराङ अध्यक्ष सागर प्रजा र उपाध्यक्ष दावा लामा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्थानीय कलाकारहरुले क्यारिकेचर,गायन र नृत्य समेत प्रस्तुत गरेका थिए । स्थानीय कलाकार प्रकाश थिङले क्यारिकेचर गरेर कार्यक्रममा उपस्थितहरुलाई मनोरञ्ज दिएका थिए । त्यस्तै अर्जेन्ट विकले गीत प्रस्तुत गरेका थिए ।













































