हेटौँडा ४ र १३ का २ युवक पक्राउ

लोकखबर
२३ चैत्र २०८०, शुक्रबार ०९:४३

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका २ युवकहरु बारा जिल्लाको जीतपुर–सिमरा उपमहानगरपालिका–२१, अमलेखगन्जबाट पक्रउ परेका छन् । प्रहरीले उनीहरुलाई लागुऔषध ओनरेक्ससहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौँडा–४ का २२ वर्षीय निरज गोले र हेटौँडा–१३ बस्ने २४ वर्षीय शुभराज मोक्तान रहेको बारा प्रहरीले जानकारी दिएको छ ।

विशेष सूचनाको आधारमा सोमबार दिउँसो करिब ४ बजेर ३० मिनेटको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगन्ज र प्रहरी चौकी पथलैया बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ना ४३ प २०२ नम्बरको मोटरसाइकललाई शंका लागी सुरक्षाजाँच गर्दा लागुऔषध बरामद गरेको प्रहरीले दाबी गरेको छ ।

प्रहरीले मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र लुकाई छिपाई राखेको अवस्थामा १ सय एमएल बराबरको ३९ बोत्तल लागुऔषध ओनरेक्स फेला पारेको थियो । लागुऔषध ओनरेक्ससहित दुबै जनालाई नियन्त्रणमा लिई बारा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*